
फर्कनु जो अब फर्केर हेर्न सक्दैन, मेरा आखा उहि बाटोमा गडिएका छन् कहिँ कतै बाटो बिराएरै भएपनि आउछ कि भन्ने आशमा कहिँ कतै केही बहाना बनाएर ढोका ढकढक्याउँछ कि भन्ने आशमा। त्यो बाटोले अब साथी पाउँदैन भन्ने थाहा भइसक्दा पनि भन मलाई कसरी पर्खाइलाई रोक्न सकिन्छ? फर्कनेको घडी रोकिसक्यो, पर्खिनेको घडीको ब्याट्रि फेरेको फेरि छ भन मलाई फर्कनेले ऋतु पनि बिर्सियो पर्खनेलाई किन बसन्तको आश छ? लामो दुरिको यात्रामा गएका हरु आखिरमा फर्केर आए तर भन मलाई फर्केर आइसक्दा पनि किन पर्खाई सकिदैन?